४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङ्जाको आँधीखोलामा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ बैशाख । एनआईसी एशिया बैंकले स्याङजाको आँधीखोला गाउँपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ ।

आँधीखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजास्थित कृषि शाखाको अाँधीखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले बिहीबार उद्घाटन गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एसिया बैंकले दाबी गरेको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ ।