काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ओली ती देशहरूको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन ।
वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने यो औपचारिक भ्रमणमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट पनि गर्ने छन । भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने छन ।
भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने छन ।















प्रतिक्रिया