कलैया, २ फागुन । बारामा नेपाली काँग्रेसको कार्यालय तोडफोड गर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तनाव सिर्जना भएको छ ।
विभिन्न सरकारी कार्यालय बाराको कलैयाबाट सिमरा सार्ने निर्णयको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीहरुले काँग्रेसको पार्टी कार्यालय तोडफोड गर्न खोजेपछि भएको झडपमा प्रहरीले दर्जनौँ राउण्ड रवरको गोली प्रहार गर्दा दर्जनौँ घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि छन् ।
जिल्ला मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट सिमरा सार्ने सरकारको निर्णयको विरोधमा केही दिनदेखि बारा उद्योग वाणिज्य संघको अगुवाईमा लेखापढी व्यवसायी सङ्घ, किराना पसल व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ र केही राजनीतिक दलहरुले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् ।















प्रतिक्रिया