
काठमाडौँ, २५ बैशाख । एनआईसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि त्रिपुरेश्वरबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त हुने छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एसिया बैंकले दाबी गरेको छ ।
करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ ।















प्रतिक्रिया