काठमाडौँ, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि पार्टीको हतियार नबन्न मानवअधिकारकर्मीलाई सुझाव दिनुभएको छ ।
राजधानीमा शनिबार मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, गाडी तोडफोड गर्ने, सडकमा टायर बाल्ने हो ? मैले भनेको मान्ने भए मानवअधिकार, हैन भने छैन मानवअधिकार भन्ने त्यस्ता मानवअधिकारवादी संस्था डुब्लिकेट हुन् ।”
उहाँले मानवअधिकारकर्मीले कोही रिसाउला वा कोही खुसाउला भनेर काम नगरी निष्पक्षरुपमा पीडितलाई न्यायका लागि लड्नुपर्ने पनि बताउनुभयो ।
मानवअधिकारकर्मी चरण प्रसाईंले मानवअधिकार नागरिकको न्यायकालागि हुने भएकाले कुनै पनि दलले आफ्नो बनाउने प्रयास गर्ने र दलको उद्देश्यअनुरुप प्रयोग गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया