४ कार्तिक २०८३, बुधबार

बाबुरामको बर्हिगमले उव्जाएका प्रश्न

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

अन्ततः आशावादी नेता बाबुराम भट्टराईको विश्वास जनमानसबाट गुम्दै गएको छ । उदयीमान नक्षत्रको रुपमा स्थापित नेताका रुपमा देश र विदेशमा समेत छवि बनाएका पूर्वप्रधानमन्त्री एवं तत्कालीन माओवादीका एक निडर नेता समयको चक्रसँगै विलिनतर्फ उन्मुख बन्नेतर्फ लागेका छन् । समाज र देश परिवर्तनका खातिर सत्र हजारको बलिदानी, कयौँ विस्थापित, अंगभंग बनाएर सुरक्षित अवतरणलाई नै जीवन देख्ने लोभलालसामा पुग्नु भएको डा. बाबुराम भट्टराईको फोरम नेपालसँगको एकता सँगसँगै बचेखुचेको छवि पनि धुमिल बन्न पुगेको छ । पात्र मात्र होइन, व्यवस्था नै परिवर्तनले मात्र जनता र देश परिवर्तन गर्न सकिन्छ भनेर लामो समय जनयुद्धमा होमेर हजारैको विचल्ली बनाएका बाबुराम अहिले शक्ति आर्जनका लागि फोरमको वैशाखी टेक्न पुगेको छ । यो सँगसँगै बाबुरामको त्यो विद्धता, त्यो दृष्टीकोण त केवल क्षणिक र सत्ता प्राप्तिका लागि मात्र रहेछ भन्ने पुष्टि हुँदै गएको छ । लामो समयसम्म व्यवस्था परिवर्तनका लागि लडेका बाबुराममा यति चाँडै वैचारिक विचलनले प्रवेश गर्ला भन्ने नसोचेका आम जनता भट्टराईको फोरमसँगको पार्टी एकतापछि वास्तविक कमजोर धरातलको प्रतिकका रुपमा बुझेका छन् ।

बाबुराम भट्टराईमा यति धेरै वैचारिक विचलन किन आयो ? आखिर बाबुरामको बाट परिचालित थिए र कहाँ गएर स्वखलित भए ? राजनैतिक विचार र बहस गर्नु आवश्यक छ । साम्यवादको नक्साकंन कोरेर जनयुद्धमा होमिएको बाबुराम नवसामन्तवाद, विखण्डनवादमा गएर कसरी फस्न पुग्यो ? हिजो जनयुद्ध शुरु गर्नुभन्दा अगाडि देखेको नेपालको त्यो दिशा अहिले आएर कति पूरा भयो ? समयको चक्रसँगै बाबुरामले अवश्य जवाफ दिनुनै पर्नेछ । देशमा विकास, व्यवस्था परिवर्तन मार्फत जनतामा समृद्धिको सपना देखाएका बाबुराम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता हुँदै क्षेत्रीय नेतामा बिर्सजन हुन पुग्नु आम जनता र राजनैतिकर्मीका लागि चासोको विषय बनेको छ । जनयुद्धकालमा नेतृत्वमा रहेर राजसंस्थालाई वर्हिगमन गर्न वाध्य वनाउने ल्याकत राख्ने नेतृत्वकर्ता बाबुराम नयाँ शक्ति पार्टीको गठनसँगै विसर्जन उन्मुख बन्दै फोरम नेपालसँगको एकतापछि सडकमा हराउन पुग्यो । हिजो जनयुद्ध र शान्ति प्रक्रिया सम्म महत्वपूर्ण भूमिका खेल्न सक्ने बाबुराम आजको अवस्था सम्म आईपुग्दा ढल्कदो उमेरको त्यो सोँच हो वा कमजोर मानसिकताका कारण जनताको नजरमा नाङ्गिन पुग्यो । बाबुराम भट्टराईको यो जीवनी नयाँ पिँढीका लागि अध्ययन र खोजका विषय बन्ने नै छ ।

जनयुद्धको सफल अवतरणमार्फत देशलाई शान्ति प्रक्रियमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको र संघीय गणतन्त्रको मुख्य नायकका रुपमा ईतिहासमा दर्ज भएका बाबुरामको यो पतनोन्मुख मार्ग यति चाडै होला भन्ने आम मानिसको कल्पनाभन्दा बाहिरको सोँच थियो । जनयुद्धको सफल अवतरण पाश्चात शान्ति प्रक्रियामार्फत देशमा विकास र परिवर्तन गर्न सकिन्छ भन्ने सोँचका साथ संविधान सभामार्फत संविधान बनाउने एक हस्ती बाबुराम भट्टराईको भोलिका वाटो के होला, व्यग्रतामा आम जनता बसिरहेका छन् । शान्ति प्रक्रिया मार्फत देशमा तत्कालिन माओवादीको उपादेयता सकिएको बताउने बाबराम नयाँ शक्ति पार्टी खोलेर देशलाई डोरयाउन सकिने जुन संकल्पका साथ तत्कालीन माओवादीबाट बाहिरियो, त्योसँगै बाबुरामको पतन भएको यथार्थतालाई बुझ्नुपर्दछ । त्यति धेरै योगदान दिएर व्यवस्था नै परिवर्तन गर्न र जनताको संविधान सभावाट संविधान वनिसकेपछि तत्कालीन माओवादीको कार्यभार र उपादेयता सकियो भनेर नयाँ शक्ति पार्टीको गठन गर्नु नै बाबुरामको पतनको मार्गदिशा रहेको थियो । कुनै पनि पार्टीको योगदान र तपश्या वाट सम्भव भएको व्यवस्थालाई निष्कर्षमा नपुराई छोड्नु नै बाबुरामका लागि घातक बनिदियो ।

शान्ति प्रक्रियाको अगुवा, जनयुद्धको अभियन्ता र तत्कालीन माओवादी पार्टीको तर्फवाट देशका प्रधानमन्त्री समेत बनिसकेका बाबुरामको विद्धतामा कसरी विर्को लाग्यो ? आफूले जन्माएको दावी गर्ने गणतन्त्रलाई हुर्काउन र बढाउन छाडेर नयाँ घरवार जोडेका बाबुराम नयाँ शक्तिको गठनबाट नै ओरालोउन्मुख लागेको यथार्थतालाई नकार्न सकिदैन । गणतन्त्रको संस्थागत विकास र त्यसको परिधि, क्षेत्राधिकार र त्यसवाट हुने सकारात्मक उपलव्धिलाई जनतामा लैजाने वेलामा नयाँ शक्तिको गठन र अहिले फोरमसँगको एकताले जनतामा नेता र नेतृत्व मात्र होइन स्वयं बाबुराम भट्टराईको साख धुमिल बनाइदियो । जुन आम जनताको सोच बाहिरको घटना बनिदियो ।

लेखक

साँच्चै मानव जाति समयको वन्धक हो । समय र वढ्दो उमेरसँग बाबुराम भट्टराईको ईच्छाशक्ति समेत घटेर गयो । जुन मानवीय मूल्य मान्यताको एउटा घोतक हो । बाबुराम पनि अछुतो रहन सकेन । नयाँ नेपालका निर्माणका लागि हतियार समेत उठाएर देशलाई शान्ति प्रक्रियामार्फत जनता मार्फत जनताको संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका बाबुराम भट्टराई शक्ति र सत्ताका लागि क्षेत्रीय दल फोरमसँगको एकताले उनमा थकान र रुझानको अनुभूति पाउन सकिन्छ । तर यति छिट्टै बाबुराम भट्टराईको साख धुमिल होला भन्ने नेपाली जनताले मात्र होइन अन्तर्राष्ट्रिय जमातले पनि सोच्न सकेका थिएनन् । जुन बाबुरामले चाडै नै पूरा गरेर देखाइदिए ।

विश्वका ईतिहासलाई केलाउने हो भने धेरै आन्दोलन र उपलब्धीहरू विसर्जनमा लगेर टुक्रिएको पाईन्छ । नेपालका राजनीतिको ईतिहासमा पनि बाबुराम पनि त्यहि पंक्तिमा उभिन पुग्यो । जुन आम जनताको कल्पना वाहिरको विषय थियो । नयाँ शक्तिको गठन पाश्चात जनतामा गएर चुनावमा होमिएको बाबुराम भट्टराईको प्रतिनिधिसभामा एक सिट र अन्य तहमा समेत नगण्य उपस्थिती शिवाय केही हुन सकेन । छाडेर आएको तत्कालीन माओवादी पार्टीमा जानै नसक्ने तहमा पुगेका बाबुराम उपेन्द्र यादवको पार्टी एकता सँगै संसदको तेश्रो ठूलो दल बन्न पुगेको छ । त्यहि शक्तिमा रहेर केही समय शक्ति र सत्तामा पुग्न सक्ने आश गरेका बाबुराम फोरमसँगको एकता पनि लामो समय शक्ति आर्जनका लागि सहज बन्न कदापि सक्ने छैन । यो कुरा बाबुराम जस्तो विद्धताले बुझन सकेनन् । जुन उनका दुर्भाग्य हो । कतैबाट पनि शक्ति र सत्तामा पुग्ने अस्त्र देख्न नसकेका बाबुराम फोरमको वैशाखीमा राजनीति गर्न सकिन्छ भन्ने सोँच उसको कमजोर मानसिकताको घोतक शिवाय अन्य केहि होइन । शक्ति र सत्ताका चास्नी नै राजनीति हो भन्ने बुझेका नेपाली जनताले बाबुरामको आगमन र बर्हिगमन पनि त्यसैको सूचक हो भन्ने बनिदियो ।

लामो समयसम्म उर्वर सोच, उमेर सर्मपण गरेका बाबुरामको प्रस्थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवाय अन्य वन्न सक्दैनथ्यो । तर त्यो वावुराम जस्तो दुरदृष्टि र विद्धानले सोच्न सकेन । प्रचण्डसँगको टकरावले जनताका नजरवाट गिरेका बाबुराम अबका दिनमा राजनीतिबाट कदापिमाथी उठ्न सक्दैन । व्यक्ति होइन पार्टी ठूलो हो भन्ने विषय वारम्वार उठाएका बाबुरामको बाटोले नेपालका राजनीति थप दुषित बनाएको छ । क्षेत्रीय दल फोरमसँगको एकताले बाबुरामलाई केही दिन, महिना र समयमात्र राहत दिएता पनि बाबुराम भट्टराई पुनः पछुताउनुको विकल्प छैन । जुन समयले छिट्टै देखाउनेछ । बाबुरामले भन्दै आएको नयाँ नेपालको निर्माण अब कहाँ पुग्ला ? पेचिलो प्रश्न तेर्सिएको छ ।