
काठमाडाैँ, २४ बैशाख । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)संग पार्टनरसिप गर्दै ओपो च्याम्पियनसिप, विम्बल्डनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।
ओपोले पछिल्ला समयमा खेल जगत्मा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)संग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मा पहिलो पाइलाका रुपमा लिइएको छ ।
पार्टनरसिप घोषणाका लागि अल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओपोका उपाध्यक्ष, ब्रायन शिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरेका छन् ।
च्याम्पियनसिप २०१९ देखि ५ बर्षका लागि गरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो उपस्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ ।

विम्बल्डन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ । सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापित गर्न सहयोग मिल्ने छ, विशेषगरी चीनमा ।
विम्बल्डनको ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमा नवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियनशिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ । ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँ मोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृृत र थप सटिकरुपमा वैश्विकस्तरमा उपभोक्तासंग अन्तरक्रिया गर्ने आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्य लिएको छ ।
दुई ब्राण्डको यो सहकार्य दर्शाउनका लागि ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका केही उत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्त गरिने छ । विम्बल्डनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफल यूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्डपनि प्रदान गरिने जानकारी दिइएको छ ।
ओपोले ब्यवसायिक ग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागिपनि उल्लेखनिय भूमिका खेल्ने छ । विम्बलडन च्याम्पियन बन्ने लक्ष्य बोकेका जुनियर्सले आफ्नो विकासका लागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य रहेको कम्पनीले बताएको छ ।

‘हामी च्याम्पियनसिप, विम्बल्डनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदा निकै गौरवान्वित छौँ । च्याम्पियनसिप र हाम्रो उत्पादनमा नवप्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बीच ठूलो समानता छ ।’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ‘यो सहकार्यले यूरोपेली बजारमा हाम्रो विस्तार योजनालाई थप बल प्रदान गर्ने र वैश्विक स्तरमा हाम्रो सन्देश पुर्याउन सघाउनेमा हामी विश्वस्त छौँ ।’
‘च्याम्पियनसिपका आधिकारिक आपूर्तिकर्ताहरुको परिवारमा ओपोको स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बल्डनको आईकनिक सुन्दरतालाई हाम्रा विश्वभरका दर्शकमाझ पस्केको हेर्न हामी निकै आतुर छौँ ।’ एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने ।















प्रतिक्रिया