२९ आश्विन २०८३, बिहिबार

मेक्सिकोमा बस र रेल ठोक्किदा १६ को मृत्यु, ३० घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rel-busमोन्टेरी, २ फागुन । मेक्सिकोमा बस र रेल ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको समाचार छ ।

सो दुर्घटनामा अरु ३० जना घाइते भएका छन् । प्राप्त पछिल्लो समाचारअनुसार घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ । सो जानकारी प्रहरीले दिएको छ ।
शुक्रबार भएको सो दुर्घटना भयानक रहेको अधिकारीहरुले जनाएका छन् । मेक्सिकोको अनाहुक नगरमा गुडिरहेका बस र रेल आपसमा ठोक्किएका बताइएको छ ।
सो दुर्घटनास्थल मेक्सिकोको उत्तरपूर्वी राज्य नुएभोमा पर्दछ । प्रहरीले दिएको प्रारम्भिक सूचनामा बसले आफ्नो बाटो पारगरी रेलमार्गमा पुग्दा त्यसलाई रेलले ठक्कर दिएको र सो दुर्घटना हुन पुगेको हो । रासस/एएफपी