काठमाडौं, २४ वैशाख । त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित जग्गामा वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरेको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले सम्झौताअुनसार भाडा नतिरेको खुलासा भएको छ ।
३२ वर्षका लागि जग्गा भाडामा लिएको प्रालिले मासिक भाडाबापत २ करोड ३७ लाख रुपियाँ त्रिविलाई बुझाएको छैन । रकम उठाउन त्रिविले समेत कुनै पहल गरेको छैन ।
प्रालिले २०६३–०६४ देखि २०७४–७५ सम्मको भाडा एक करोड ६१ लाख र जरिवाना ७६ लाख बुझाउन बाँकी छ । सम्झौतामा प्रत्येक महिनाको भाडा १५ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाए २० प्रतिशतका दरले जरिवाना लाग्ने व्यवस्था छ ।
विश्वविद्यालय र प्रालिबीच २०५९ माघ २ गते सम्झौता भएको थियो । त्यसपछि त्रिविको जग्गामा सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गरेर वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरिएको छ ।















प्रतिक्रिया