४ कार्तिक २०८३, बुधबार

कामना सेवाको मोबाइल बैंकिङ सेवामा स्तरोन्नति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ बैशाख । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल मोबाइल बैंकिङ भी फाइभ सेवा आजदेखि प्रयोगमा ल्याएको छ ।

ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो ।

यो सेवा प्रयोगकर्ताहरुले वायोमेट्रिक लगइन, क्यु आर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैंक खाताको रकम अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्न, ईसेवामा जम्मा गर्न, मोबाइल टप अप गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटीममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तरशाखा कारोबार, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।