काठमाडौं, २२ वैशाख । ग्रामीण तथा दुर्गम स्थानहरूका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको आइतबार उद्घाटन गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६, गोंगबुस्थित गोंगबु शाखाको सोही वडाका वडाध्यक्ष ख्यामराज तिवारी शाखाको उदघाटन गरेका हुन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईसी एसिया बैंकले दाबी गरेको छ ।
करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको जनाइएको छ ।















प्रतिक्रिया