४ कार्तिक २०८३, बुधबार

नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख बैंक र वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपियाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको छ ।

बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्नेछ । ‘ख’ वर्गका बैंकका रु. १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु. छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो ।

बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्योभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ ।

कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको छ महीना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत त्यस परिमाणको निक्षेपका लागि आवश्यक पर्ने बैंकले जनाएको छ । बैंकले निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।