४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकको थप १४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ ।

बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैंकिङ सेवा पु¥याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भइसकेको जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १९७ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १ सय २१ वटा एटीएमहरु सञ्चालनमा छन् ।