४ कार्तिक २०८३, बुधबार

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै,  २० बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ०१ पैसा रहेको छ ।