४ कार्तिक २०८३, बुधबार

राइनो ५०० डीद्वारा निर्माणकर्मीहरूसँग भेटघाट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । “हाम्रो विश्वास राइनो डक्टिलिटी” भन्ने नारासहित जगदम्बा स्टील्सले हाल केही समयदेखि विभिन्न स्थानमा निर्माणकर्मीहरू तथा निर्माण व्यवसायीहरू संलग्न बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यसै अभियानलाई निरन्तरता दिँदै आइतबार वैशाख १५ गते पोखरास्थित सिटी स्क्वायर बैन्केटमा सो कार्यक्रमको थप एक संस्करण आयोजना गरिएको छ ।

कार्यक्रममा जगदम्बा स्टील्सको उत्पादन राइनो ५०० डि फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण कार्यक्रममा पेश गरिएको थियो ।

उत्पादनको बारेमा बोल्ने क्रममा जगदम्बा स्टील्सका ब्राण्ड म्यानेजर निरजमान बानियाँले फलामे छडको उत्पादन प्रक्रिया, गुणस्तर र भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी गराए ।

जगदम्बा स्टील्सकोे हालै सुरुवात गरिएको “हाम्रो विश्वास राइनो डक्टिलिटी” नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि अद्यावधिक गराइएको थियो । हाल यस अभियान देशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत जारी छ ।

डक्टिलिटी (लचकता) र मजबुतीको सन्तुलित संयोजनयुक्त नेपालको एकमात्र ५०० डि ग्रेड फलामे डण्डी राईनोले कसरी निर्माणलाई उच्चतम पकड शक्ति प्रदान गर्दै पूर्ण सुरक्षा दिन्छ भन्ने कुराको पनि विस्तृत जानकारी कार्यक्रममा उपस्थित २५० जनाभन्दा बढी दिइएको थियो ।

कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष रामबहादुर गुरुङले नेपालको भौगोलिक अवस्था मध्यनजर गर्दै राइनो ५०० डि को प्रयोगले नै भूकम्पको जोखिम प्रतिरोध गर्न सकिने र यसले आइपर्न सक्ने क्षतिको न्यूनिकरणमा ठूलो मद्दत पु-याउने कुरामा जोड दिए ।

कार्यक्रममा सम्पूर्ण उपस्थित निर्माणकर्मी तथा निर्माण व्यवसायीहरू समक्ष राइनो ५०० डि को प्राविधिक ज्ञान, यसको प्रयोग तथा यसको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले नै यस किसिमको कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि निर्मल खनालले बताएका थिए ।

जगदम्बा स्टील्सले यसअघि बजारमा प्रस्तुत गरिसकेको जगदम्बा फलामे छड नेपाली बजारमा एक प्रचलित नाम हो जसको उत्पादन सन् १९९४ देखि उत्पादन सुरु गरिएको हो । उक्त ब्राण्डको फलामे छडको दैनिक उत्पादन क्षमता २ हजार मेट्रिक टन रहेको छ ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रमको अन्तमा उपस्थित सहभागीहरुका निमित्त रमाइला खेल लगायतका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरी कार्यक्रम समापन गरिएको थियो ।