४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ बैशाख । एनआईसी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराहीबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरे ।

नीजि क्षेत्रको प्रमुख व्यवसायिक बैंकहरु मध्यको एक एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।