
काठमाडौँ, १९ बैशाख । सामसङ एस१० प्रि बुकिङको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।
कम्पनीले चैत्र १८ गतेदेखि वैशाख १ गतेसम्म फोनको लागि प्रि बुकिङ खुल्ला गरेको थियो । यस अवधिमा उल्लेख्य रुपमा ग्राहकहरुको सहभागिता समेत रहेको थियो ।
सामसङको एस१० फोन बजारमा आएदेखि नै सकारात्मक प्रतिक्रिया र विशेष आकर्षण रहँदै आएको थियो ।
सामसङले आयोजना गरेको कार्यक्रममा एस१० प्रि बुक गर्ने ग्राहकहरु मध्येबाट कपिल अग्रवालले रु ५००० वरावरको लेट मी इनको दुईवटा कुपन प्राप्त गरेका थिए ।
त्यसैगरी, संगम खड्काले के जी एच पोखरामा दुई जना (जोडी) को लागि दुई रात बिताउने कुपन प्राप्त गरेका थिए कला भट्टराई, विक्रम तिमल्सिना तथा सुदर्शन श्रेष्ठ समेत गरी तीनजनाले सामसङको ग्यालेक्सी वाच एक्टिम तथा सुमन रञ्जितकारले टर्किस एयरलाईनसको विजिनेश क्लास टिकट (कर तिर्ने गरी) प्राप्त गरेका थिए ।
ग्यालेक्सी एसको प्रारम्भ भएको दश वर्षको उत्साहसँगै, सामसङ इलेक्ट्रोनिक्सले नयाँ नयाँ उच्चस्तरीय स्मार्टफोनहरु प्रस्तुत गर्दै आएको छ ।
फलस्वरुप नयाँ जमानाको जीवन्त अनुभव प्रदान गर्न कम्पनीले एस१० फोन बजारमा प्रस्तुत गरेको हो । यसमा भएको डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा अभूतपूर्व नवीनतम प्रविधिको प्रयोग भएको छ ।















प्रतिक्रिया