४ कार्तिक २०८३, बुधबार

सहकारी संस्था सञ्चालनको स्तरीकरण कार्यक्रम शुरु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ बैशाख । सहकारी संघसंस्थाहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउँदै सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी स्तरीकरण कार्यक्रम शुरु गरेको छ ।

सहकारी संघ संस्थाहरुको स्तर र पहिचान एवं स्तरोन्नतीका लागि सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरेको हो । आधारभूत, शाखा कार्यालय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरणमा गरिने स्तरीकरण अन्तरगत पहिलो चरणको कार्यक्रम शुरु गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

बैंकले बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरुका लागि छुट्टा छुट्टै सुचांकहरुबाट संस्थाको यथार्थ अवस्था पहिचान एवं स्तर मापन गरी सुधारका लागि सुझाव दिने गरी सफ्टवेयर निर्माण गरेको छ ।

सफ्टवेयरको पहुँचमा भएका संस्थाहरुले बैंकले विकास गरेको सफ्टवेयरको माध्यमबाट आवेदन फारम भरेर सिधै सफ्टवेयर भित्र गएर संस्थाको यथार्थ अवस्थाको जानकारीहरु दिएमा संस्थाको विद्यमान अवस्था पत्ता लाग्ने र सोही आधारमा बैंकले सुधारका लागि सुझाव प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सफ्टवेयरको पहुँच नभएका सहकारी संस्थाहरुले बैंकको केन्द्रीय कार्यालय वा पायक पर्ने शाखा कार्यालयमार्फत आधारभूत स्तरीकरण कार्यक्रमको आवद्धता फारम भर्न सक्ने व्यवस्था गरिएको बैंकको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

बैंकका सदस्य संस्थाहरुले आफ्नो संस्थाका गतिविधिहरु सफ्टवेयरमा राखेपति संस्थाको यथार्थ अवस्थाका बारेमा जानकारी हुने र सदस्य संस्थाहरुको आवश्यकता र मागको आधारमा बैंकले निःशुल्क रुपमा संस्थाको अवस्था र सुधारका लागि पहल गर्नेे गुरागाईको भनाइ छ ।

सदस्य सहकारी संघ संस्थाहरुको सहजताका लागि नेपाली शब्दहरु प्रयोग हुने सरल प्रकृतिको सफ्टवेयर निर्माण गरिएको बैंकका सूचना सञ्चार तथा प्रविधि प्रमुख नविनकुमार कार्कीले बताए ।

यसैबीच, बैंकले एटिम र क्यासलेस बैकिङ सेवा शुरुवात गर्ने भएको छ । कृषि विकास बैंकसँगको सहकार्यमा सदस्य संस्थाहरुलाई सहजताका साथ सेवा दिन तथा बैंकको सेवालाई देशभर पु¥याउनका लागि प्रविधिमैत्री सेवा सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।