
पोखरा, १९ बैशाख । सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी मोटोकर्पको पोखराको लागि बतास ब्रदर्सको इस्टेट अफ द आर्ट सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ ।
पोखरास्थित सर्भिस सेन्टरको उद्घाटन सीजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामुहिक रुपमा गरे ।
दश हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा ६ वर्किङ वे रहने छ भने मासिक एक हजार वटा गाडी सर्भिसिङ गर्न सक्ने क्षमता रहेको छ ।
सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित सर्भिस सेन्टर बडि मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ । सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिन्छ ।
सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गर्ने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग वसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ भइरहेको अवलोकन समेत गर्न सक्नेछन् ।
‘बिक्री पछिको सेवा वास्तवमै महत्वपूर्ण हुन्छ किनभने यसले ग्राहकको भावना एवं मूल्यसँग प्रत्यक्ष सरोकार राख्दछ । सर्भिस सेन्टरबाटै हो कुनै पनि ब्राण्डको छवि बन्नु वा विग्रनु’, शान्तराज बतासले भने, ‘हामीले आफ्ना ग्राहकहरुको मूल्य एवं मान्यतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुजुकीको जुन मापदण्ड छ सोही अनुरुप सेवा प्रदान गर्दछौँ ।’
सर्भिस सेन्टरको शुभारम्भसँगै, गण्डकी तथा धौलागीरमा मात्र ६ स्थानबाट सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन् । गोर्खा, वालिङ, वुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान गरिँदै आएको छ ।















प्रतिक्रिया