काठमाडौं, २ फागुन । युवतीस“ग आफू हङकङ र बेलायतको आइडीवाला भएको भनी विवाह गर्ने तथा विदेश लैजाने प्रलोभन देखाई ठगी गर्ने झापाका बीरवल तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
विभिन्न युवतीलाई ठगी गरेपश्चात् आफैँ विदेश भाग्न लागेको भन्ने जानकारीको आधारमा ब्युरोबाट खटेको टोलीले राजधानीको बसुन्धराबाट तामाङलाई पक्रेको हो ।
तामाङले पेसागतरुपमै महिलालाई निशाना बनाई हालसम्म ३० लाख ५० हजार नगद तथा सुनका सिक्री, औँठीलगायतका गरगहनासमेत ठगी गरेको ब्युरोले विज्ञप्तिमार्फत जनाएको छ ।
तामाङविरुद्ध हालसम्म पाँचजना पीडितले ठगी तथा जबर्जस्ती करणी सम्बन्धमा जाहेरी दरखास्त दिइसकेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया