दमौली, २ फागुन । तनहुँको श्याम्घा–९ स्थित सिन्धु पुस्तकालय मोटरबाटो बजेट अभावमा अलपत्र परेको छ ।
सिन्धु मोटरबाटोबाट शान्तिमार्ग जोड्ने तीन किलोमिटर सडक बजेट अभावमा अलपत्र परेको हो ।
तीन वर्षअघि ट्रयाक खोलिएको उक्त मार्ग बजेट अभावले विस्तार गर्न नसकिएको बाटो निर्माण समितिका अध्यक्ष भानुभक्त पण्डितले जानकारी दिनुभयो ।
दुईवटा कजवे जडान, बाटो चौडा र ग्राभेलका साथै नाला निर्माण र हेमपाइप हाल्न रु १२ लाख बजेट आवश्यक भएको र सो रकम अभावमा बाटो अलपत्र परेको उहाँले बताउनुभयो ।
उक्त मार्ग सम्पन्न भएपछि मनपाङ, श्याम्घा, थप्रेक, व्यासलगायतका १० हजार बासिन्दालाई आवतजावतमा सहज हुने बताइएको छ ।















प्रतिक्रिया