४ कार्तिक २०८३, बुधबार

रियल मड्रिडका पूर्व गोलकिपर अस्पताल भर्ना

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ वैशाख । रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

अहिले पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको हो । ३७ वर्षे कासिलासलाई अस्पतालमा भर्ना गराएर अब्जरभेसनमा राखिएको छ ।

तीन पटकका च्याम्पियन्स लिग विजेता तथा ५ पटकका ला लिगाको उपाधि जितेका कासिलासको कप्तानीमा स्पेनले २०१० को विश्वकपको उपाधि जितेको थियो ।

सन् २००८, २०१० र २०१२ को युरोपियन च्याम्पियनसिपको टिममा रहेका कासिलासका मुटुमा अचानक समस्या आएको बताइएको छ । उनलाई तत्काल अस्पताल लगिएकाले खतरामुक्त रहेको बताइएको छ ।

उनी बिरामी परेको थाहा पाएपछि उनको पूर्व क्लब रियल मड्रिडले उनको श्वास्थ्य अवस्थाका बारेमा विज्ञप्ति निकाल्दै स्वास्थ्य लाभको कामना गरेको छ ।