४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको क्यास ब्याक तथा छुट योजना सार्वजनिक

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिक दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यासब्याक तथा छुट अफरसहितका योजनाहरु सार्वजनिक गरेको छ ।

योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा माेबाइल बैंकमार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम रु. १००० सम्मको क्यासब्याक तथा छुट प्राप्त गर्नेछन् ।

दराजमा अनलाइन कार्डबाट भुक्तानी गर्दा, खल्तिमा अनलाइन कार्डबाट झुक्तानी गर्दा, कुनैपनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट प्रणालीबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वाउच्चतम रु. १००० सम्मको क्यासब्याक सुविधा रहेको छ ।

यस्तै, पीओएसबाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको क्यासब्याक र बैंकको मोबाइल बैंकबाट एनटीसी र एनसेलको रिर्चाज टपअप गर्दा १० प्रतिशत वा उच्चतम रु. १०० सम्मको क्यासब्याकका योजना रहेको बैंकले जनाएको छ ।

यो योजना राष्ट्रिय सूचना तथा संञ्चार प्रविधि दिवसको दिन भोलि बिहीबार मात्र लागू हुनेछ । यो योजनाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङमा अग्रणी स्थानहा सिल गरेको बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको जनाएको छ ।

नीजि क्षेत्रको प्रमुख व्यवसायिक बैंकहरु मध्यको एक एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।