४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखा उद्घाटन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ बैशाख । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले उद्घाटन गरे ।

यस्तै, काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले उद्घाटन गरे ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ् ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

करीव १६ लाख ग्राहक रहेको बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले दाबी गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सूचना अधिकृत अर्जुन राजखनिया जानकारी दिए ।