२ कार्तिक २०८३, सोमबार

एमाओवादीकै उपाध्यक्षले भने- ‘हामी जातीय राज्यको पक्षमा छैनौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayankaji-shrestha

इलाम, १ फागुन । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको प्रस्ट पार्नुभएको छ ।

इलाम सदरमुकाममा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको बताउनुभयो । उहाँले मेची–लिम्बूवान जस्तै नाम दिएर राज्यको नाम दिन सकिने स्पष्ट गर्नुभयो ।