३० आश्विन २०८३, शुक्रबार

गगन थापाले बोलाएपछि ऊर्जामन्त्री राधा ज्ञवालीलाई ज्वरो आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-radha

काठमाडौँ, १ फागुन । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले उर्जामन्त्रीलाई बैठकमा सहभागी हुन खबर पठाएपछि उर्जामन्त्री राधा ज्ञवालीलाई ज्वरो आएको छ ।

ऊर्जा मन्त्री ज्ञवाली स्वास्थ्यमा समस्या आएको भन्दै अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । समितिको बैठकमा ऊर्जा मन्त्रालय र त्यसअन्तर्गतका निकायको अर्धवार्षिक प्रगति विवरणमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो ।

समितिका सभापति गगन थापाले ऊर्जा मन्त्री ज्ञवालीलाई बैठक सुरु भएको जानकारी गराउँदै सहभागिताका लागि अनुरोध गर्दै टेलिफोन गर्नुभएको थियो । टेलिफोनमा मन्त्री ज्ञवालीले आफूलाई ज्वरो आएका कारण बैठकमा सहभागी हुन नसक्ने बताउनुभएको सभापति थापाले सांसदहरु र सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।

ऊर्जा मन्त्रालय र मातहतका निकायको कार्यप्रगति सन्तोषजनक नभएको चालु आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेको भन्ने गुनासो आएको थियो ।

गुनासो आएपछि समितिले छलफलका लागि ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, बुढीगण्डकी जलविद्युत् आयोजना, नलसिंहगाड जलविद्युत् आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुखलाई छलफलका लागि बोलाएको थियो ।

समितिले कृषि विकास, ऊर्जा, सिँचाइ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको कार्यप्रगति र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गरिएका विषयमा निरन्तर छलफल तथा अनुगमन गर्दै आएको छ ।