४ कार्तिक २०८३, बुधबार

स्पेनिस ला लिगामा भालेकानोसँग रियल मड्रिड पराजित

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ ।

आइतबार राति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ ।

लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ ।

दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।