
काठमाडौं, १५ बैशाख । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुने ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको बिदाई गरिएको हो ।
एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (–६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (–६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् ।
कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो पोखे । राज्यले सहयोग नगरेपनि उक्त प्रतियोगितामा तीनै जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्नेसमेत















प्रतिक्रिया