४ कार्तिक २०८३, बुधबार

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ बैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैंकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् ।

जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ ।

जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरेसँगै जनता क्यापिटलबाट जनता बैंक नेपाल लिमिटेड र स्पर्ष लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ भने यसबाहेक अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको छ ।

साथै, जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको छ ।