काठमाडौं, १५ वैशाख । ग्रामीण तथा दुर्गम स्थानहरूमा समेत आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालयहरूको स्थापना गरेको छ ।
पोखरा महामनगरपालिका वडा नम्बर १०, अमरसिंह चोकमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले उदघाटन गरे । नार्गजुन नगरपालिका वडा नं. ४ सीतापाईलास्थित सीतापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतले उदघाटन गरे ।
काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुलस्थित शंखमुल शाखाको सोही वडाका वडाध्यक्ष नारायणप्रसाद भण्डारी, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटीस्थित भैसेपाटी शाखाको वडाध्यक्ष पुरोषोतम खड्का, बिदुर नगरपालिका वडा नं १, त्रिशुली बजार, नुवाकोटस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोही वडाध्यक्ष गणेशकुमार नेपाल, धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रेस्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु र पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले शाखाहरू उदघाटन गरेका हुन ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करीव १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले दाबी गरेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया