४ कार्तिक २०८३, बुधबार

वीरगञ्जमा महिन्द्राको सर्भिस क्याम्प

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ बैशाख । वीरगञ्जमा सञ्चालित महिन्द्राको सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपालमा महिन्द्रा गाडीहरुको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै वीरगञ्जमा महिन्द्रा ट्रयाक्टरहरुका लागि फ्रि मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित शिविरमा वीरगञ्जवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । फ्रि सर्भिस क्याम्पमा लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरुमा प्रदान गरिएको विशेष छुट प्रमुख आकर्षणका रुपमा लिइएको थियो ।

सर्भिस क्याम्पका सहभागी हुने भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो । मनोज शाही, शोनालाल राउत तथा विरेन्द्र शाहले लक्की ड्र मार्फत उपहार जितेका थिए ।

यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकहरुले साधनको परीक्षण गरेका थिए । साथै निःशुल्क स्वास्थ्य शिविर प्रमुख आकर्षणका रुपमा लिएएको थियो भने समग्रमा यो क्याम्प सफल भएको कम्पनीले जनाएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्निइनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्रयाक्टर, टुह्वीलर तथा विद्युतीय कार एवं जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।