४ कार्तिक २०८३, बुधबार

७४ जिल्लामा पुग्यो क्लासिक इन्टरनेट, ल्यायो यस्तो सुविधा

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । क्लासिक टेक प्रालिले नेपालका ७४ जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न सफल भएको छ । बाँकी तीन जिल्लामा पनि छिट्टै सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

यसका अलवा २० वटा भन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाईवर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीसँग हाल १०० जीबीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा इन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । यो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीको दाबी छ ।

इन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ । कम्पनीले ४० एमबीपीएस गतिको बुलेट (जीप्लान) ६९२ रुपैयाँप्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ ।नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराइएको यो पहिलो पटक हो । यसका साथै जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथै धरौटी रकम बुझाउनु पर्ने छैन ।

यसका साथै खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशत नगद छुटको व्यवस्था समेत गरिएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस इन्टरनेटको ब्यान्डिविथको वृद्धि र कम्पनीको पूर्वाधारको सुधारको कारणले नेपालमा ग्राहकहरुले उत्कृष्ट सेवाको अनुभव पाउने छ भने विशेष गरी गेमर्सहरुका लागि ठूलो राहत मिल्नेछ ।