
काठमाडौं । आजभोलीकी व्यस्त गायिका हुन्, आस्था राउत । देश भित्र र बाहिर उनको व्यवस्तता कार्यक्रमहरूमा हुँदै आएको छ । तर, ति कार्यक्रम आयोजकहरूले राउतसँग सम्झौता गरेअनुसारको पारिश्रमिक दिए त ? वा के भनेर टार्दै आएका छन् ?
अति भए पछि सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्ता आयोजकलाई चेतावनी दिँदै राउतले लेखेकी छन्,‘केही राम्रा आयोजक पनि ठगको सूचीमा पर्नेछन् । म नाम सार्वजनिक गर्नका लागि अगाडि बढिसकें ।’
उनले लेखेकी छन्,‘धेरै ठग अर्गनाइजरले ठगेको कारण पुरै पैसा अहिलेसम्म नदिएकैले अबदेखिका कार्यक्रममा अग्रिम पारिश्रमिक लिने नत्र कुनै कार्यक्रममा नजाने निर्णयमा पुगियो ।’
उनले आफू पीडित भएको आक्रोशमा पारिश्रमिक नदिने, फोन नउठाउने र फेसबुकमा अनफ्रेन्ड गर्ने त्यस्ता आयोजकलाई चोरसम्म भनेर आक्रोश पोखेकी छन् ।















प्रतिक्रिया