३० आश्विन २०८३, शुक्रबार

मोबाइलमा युवतीसँग जिस्कँदै जिप हाँक्ने चालकको ज्यान गयो, विदेशीसहित चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-driver-mobile
फाइल फोटो

 

सोलुुखुम्बु, १ फागुन । मोबाइलमा जिस्कँदै जिप हाँकिरहेका एक जिप चालकको सिन्धुलीमा शुक्रबार भएको दुर्घटनामा ज्यान गएको छ । उनको लापरबाहीका कारण अन्य चार जना घाइते भएका छन् ।

शुक्रबार बिहान सिन्धुलीको बासेश्वरी गाविस वडा नं ८ स्थित हाइवरबेसीमा ना १ ज ३६०७ नम्बरकोे जिप दुर्घटना हुँदा चालक रत्नबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा फ्रान्सेली नागरिक थिलिप्ट र चेरिओ र सोलुखुम्बुको गार्माका ४० वर्षीय पेम्बा शेर्पा, तथा टाक्सिन्दु गाविसका ६१ वर्षीय काङढुङी शेर्पा घाइते भएका छन् । घाइतेहरुको रामेछापस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जिपमा रहेका अन्य चारजना यात्रु भने सकुशल रहेको बताइएको छ ।

चालकले लामो समयसम्म मोबाइलमा जिस्किएर कुरा गर्दै जिप चलाइरहेकाले दुर्घटना भएको यात्रुहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक नरेश सुवेदीले चालकको लापर्बाहीले नै दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए ।