४ कार्तिक २०८३, बुधबार

प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन र वाट्फोर्ड बराबरीमा रोकिए

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग बराबरी खेलेको छ ।

अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले १–१ को बराबरी खेलेको हो । यो खेलमा साउथह्याम्पटनले खेलको पहिलो मिनेट र वाट्फोर्डले अन्तिम मिनेटमा गोल गरेका हुन् ।

खेल सुरु भए लगत्तै साउथह्याम्पटनका लागि शेन लङ्गले गोल गरे । वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका हुन् ।

साउथह्याम्पटनका लागि शेनले खेल सुरु भएको ७।६९ सेकेण्डमा गोल गरेका हुन् । उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।

३२ वर्षका शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गको कीर्तिमान भंग गरेका हुन् । किङ्गले १९ वर्षअघि अर्थात सन् २००० को डिसेम्बरमा ब्राडफोर्डविरुद्धको खेलमा ९।८२ सेकेण्डमा गोल गरेका थिए ।