
काठमाडौँ, १० बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटीएम सेवा शुभारम्भ गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरे । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रयमास सम्ममा रु. ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोही अवधिभित्र रु. १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गतवर्ष सोही अवधिको तुलनामा क्रमश : ४.०२ प्रतिशत र ५.९१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले देशभरबा ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया