
काठमाडौँ, १० बैशाख । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था बैंकले मिलाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफू रहेको स्थानबाट अनलाइन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ ।
यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको Online A/c Opening बटन क्लिक गर्नु पर्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झन्झट आफ्नो समय अनुकूल आफू रहेको स्थानबाट अनलाइन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकहरुले यसबाट लाभ लिने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया