९ कार्तिक २०८३, सोमबार

प्रचण्डले समय मागेपछि संवैधानिक परिषदको बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । संवैधानिक निकायमा नियुक्त हुने व्यक्तिको नामावली पेश भएपछि संवैधानिक परिषदको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको परिषदको बैठकमा पेश भएको सूचीमा अध्ययन गर्न प्रमुखी विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले समय माग गरेपछि ठोस निर्णयविनै बैठक स्थगित भएको हो । परिषदले लोकसेवा आयोग, अख्तियारलगायतका निकायमा नियुक्तिको प्रक्रिया थालेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधान न्यायाधीश, सभामुख र विपक्षी दलका नेता पदेन सदस्य हुन्छन् । परिषदमा मन्त्रीहरुमध्ये कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट बामदेव गौतम र राप्रपाबाट सुनिलवहादुर थापा पनि सदस्य छन् ।