९ कार्तिक २०८३, सोमबार

कोइरालाले पार्टीको बैठक बोलाउन सकेनन्, चौथोंपटक पनि केन्द्रीय समिति बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौं, १ फागुन । पार्टी भित्रको असन्तुष्टि सामना गर्न नसक्ने भएपछि प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले केन्द्रीय कार्य समितिको बैठक चौंथो पटक पनि स्थगित गरेका छन् ।

लामो समयपछि बोलाइएको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको हो । काँग्रेस सभापति कोइरालाले प्रमुख नेताको कार्य व्यस्तताको कारण देखाउँदै बैठक सार्न निर्देशन दिएका छन् ।

सुरुमा माघ २८ गतेका लागि बोलाइएको बैठक फागुन २ गतेका लागि सरेको थियो । त्यसपछि माघ ४ गतेका लागि बोलाइएको बैठक माघ ६ गते दिउँसो साढे १२ बजे बस्ने तय भएको मुख्य सचिव ऋषिकेश तिवारीद्धारा जारी विज्ञप्तिमा
उल्लेख छ ।

माघ ८ गते संविधान आउन नसकेपछि अपनाउनुपर्ने पार्टीको भावी रणनीतिका बारेमा केन्द्रीय समितिमा छलफल गरेर ठोस निष्कर्ष निकाल्नुपर्ने भएपनि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति कोइरालाको निर्देशनमा पटकपटक बैठक सार्ने काम गरिएको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

सरकारको भूमिका तथा कोइरालाको कार्यशैलीको विषयलाई काँग्रेसभित्र असन्तुष्टि बढेको छ ।