चितवन ०१ फागुन । ग्रेट एफएमको दोस्रो वार्षिकोत्सव समारोहमा ३ सञ्चारकर्मीसहित चार जना सम्मानित भएका छन् ।
हिमालय खबर डटकम नेपालका सम्पादक तथा चितवन पोष्ट दैनिकका सहसम्पादक एवम् समाचार प्रमुख केशव भट्टराईलाई बिहीबार सम्मान गरिएको हो ।
विगत १६ वर्षदेखि पत्रकारिता गर्दै आएका भट्टराईलाई ग्रेट एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाएर मानव कल्याणमा योगदान दिएवापत उनलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
सोही अवसरमा चितवन जिल्लाका अग्रज एवम् पुराना पत्रकार गणशेखर शर्मालाई पनि सम्मान गरिएको थियो । चार दशकदेखि पत्रकारिता पेसा अंगाल्दै आएका शर्मा पत्रकार महासंघ चितवनका संस्थापक अध्यक्ष समेत हुन् ।
यस्तै कालिका एफएमका रेडियोकर्मी मनोज पन्त र माडी एफएमका ब्रेललिपिमार्फत् समाचार वाचन गर्ने दृष्टिविहीन पत्रकार भोजराज पाठकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक सेवामा लागि परेर स्थानीय क्षेत्रको उन्नयनमा योगदान पु¥याएवापत युवा उद्यमी जगतबहादुर पाण्डेलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई एफएमका अध्यक्ष बालकृष्ण अर्याल तथा प्रमुख अतिथि ब्रोडकास्टिङ एशोसिएसन नेपाल बानका अध्यक्ष प्रकाश झाले संयुक्त रुपमा सम्मान गरेका थिए ।















प्रतिक्रिया