४ कार्तिक २०८३, बुधबार

एकतालाई अन्तिम रुप दिन बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ बैशाख । ११ महिनादेखि रोकिएको एकता प्रक्रियालाई अन्तिम रुप दिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । केहीअघिबेर सुरु भएको बैठकमा सचिवालयका नौ जनै सदस्य सहभागी छन् ।

सोमबार परेको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एकता टु्ङग्याउने नेताहरुको तयारी छ । नेकपाले आजै पोलिटव्युरो घोषणा गर्ने तयारी पनि गरेको छ ।

पार्टी संगठनात्मक संरचनाको पूर्णताका लागि नेता माधवकुमार नेपालले गरेको प्रस्तावमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि पोलिटव्युरो घोषणा हुने भएको हो ।

अघिल्लो वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । यसविचमा स्थायी समिति, केन्द्रीय समिति र प्रदेश कमिटी बाहेक नेकपाका अन्य कमिटी बन्न सकेका छैनन् ।