
काठमाडौँ, ८ बैशाख । प्रभु बैंकले शाखा विस्तारको क्रममा आफ्नो नयाँ शाखा काठमाडौँका शंखरापुर नगरपालिका ७ साँखुमा स्थापना परेको छ । आइतदेखि शाखाले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हो ।
शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

उनले नगरवासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत् गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरे ।
कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ विभिन्न सहुलियतपूर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुँदा कृषि, उद्योग र पर्यटनको प्रचुर सम्भावना बोकेको साँखु क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बैंकबाट प्रदान गरिने विभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।















प्रतिक्रिया