४ कार्तिक २०८३, बुधबार

महिन्द्रा ट्याक्टरको लागि वीरगञ्जमा शोरुम तथा सर्भिस सेन्टर स्थापना

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

वीरगञ्ज, ८ बैशाख । अग्नि ग्रुपले हालै गन्डक, वीरगञ्जमा महिन्द्रा ट्याक्टरहरुको लागि शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधा सम्पन्न शोरुम अग्निको आधिकारिक शोरुमका रुपमा रहने छ ।

शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा वीरगञ्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले गरे । उदघाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थिति समेत रहेको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गरे । यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो ।

यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको व्यानर पनि उदघाटन गरिएको थियो ।

यस अन्तर्गत अप्रिल महिनाका ५ नयाँ ग्राहकहरुलाई सम्मानित पनि गरिएको थियो । उदघाटन समारोहपछि ३ दिनसम्म निःशुल्क सर्भिस क्याम्प तथा निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिने छ ।