५ कार्तिक २०८३, बिहिबार

बद्री पंगेनी र विष्णु माझीको ‘मान्छे फकाएर आफ्नो हुँदैन’ (भिडियोसहित)

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायीका बिष्णु माझी र गायक बद्रि पंगेनीको  ‘मान्छे फकाएर आफनो हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ। बाजुरालीद्वारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ।

चर्चित निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन्। उत्सव दाहालको छायाँकन, दिपक विष्टको सम्पादन भिडियो बनेको छ। निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ।