
काठमाडौँ, ५ बैशाख । आफ्नो स्थापनाकालदेखि नै ‘१ व्यक्ति– १ खाता, १ परिवार–१ उद्यमी’ नारा आत्मसाथ गर्दै आएको मुक्तिनाथ विकास बैंककले ‘मेरो पहिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौँ बैंक खाता अभियान–२०७६’ लाई सफल पार्नको लागि नयाँ बचत योजना सञ्चालन गरेको हो ।
बैशाख १ गते देखि बचत खाता खोल्ने प्राकृतिक व्यक्तिहरुलाई बैंकले खाता खोल्ने बित्तिकैरु एक सय नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको नमस्ते तथा एनसेलको मोबाइलमा रु एक सय बराबरको रिचार्ज (टपअप) गरिदिने गरेको छ ।
खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब तीन हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटीएमबाट करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्र्दै आएको छ ।















प्रतिक्रिया