४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड बीच बीमा सेवा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्जीवन बीमा गर्न, त्यसको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई सेवा प्र्रदान गर्र्दै आएको छ ।

शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।