४ कार्तिक २०८३, बुधबार

बिहीबार तोलामा २ सय घट्यो सुनको मूल्य

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ५ बैशाख । बिहीबार छापावाल सुनको भाउ तोलामा २ सय घटेको छ । आज सुन प्रतितोला ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।