४ कार्तिक २०८३, बुधबार

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ४ वैशाख । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा बुधबारदेखि प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ ।

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका वीच बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

कामको सिसिलामा मालपोत कार्यालय राजविराजमा आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।