
काठमाडौँ, ४ बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्ष्प्ति जानकारी गराउदै पूर्वी नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्ष्प्ति जानकारी दिए ।
यो सँगै प्रदेश नं. २ मा ११ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बैंकले जनाएको छ ।
काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८३ वटा शाखा तथा ३८ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया