४ कार्तिक २०८३, बुधबार

कैलालीको बलियामा जनता बैंकको शाखा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ बैशाख । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया बैलालीमा शाखा सञ्चालनमा आएको छ ।

बुधबार सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे । बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे ।

बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टीका थापा, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ काअध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुखी ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्द प्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । बलियास्थित शाखा र एटीएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको हो ।

शाखा उद्घाटनको अवसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको बृहत आँखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।

१ हजार जनाभन्दा बढीका आँखा परीक्षण गरिएको शिविरमा छानिएका मोतिविन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने छ ।

जनता बैंकको बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदूर पश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ ।

साथै, यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतो पुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यी शाखाहरु सहित ९६ एटीएम, ५० शाखा रहित बैंकिङ, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ सेवा पु¥याइरहेको छ ।